ट्रेन्डीङ्ग

सुनवलमा फोटोग्राफर संघको स्थापना दिवसमा रक्तदान, बर्दघाटमा खाद्यान्न सहयोग

सुनवल।नवलपरासी फोटोग्राफर संघको स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रेडक्रस सोसाइटी सुनवल उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन।

रक्तदानलाई जीवनदायी मानिने भएकाले संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको फोटो ग्राफर संघ नवलपरासीका कोषाध्यक्ष एव कार्यक्रम संयोजक सुरज चालिसेले जानकारी दिए।

रक्तदानले जीवन बचाउन मद्दत पुग्ने भन्दै आगामी दिनमा पनि संघले यस्ता सामाजिक तथा मानवसेवामूलक क्रियाकलापलाई निरन्तरता दिने अध्यक्ष प्रेम गौतमले बताए।

यस्तै,१८६ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर भदौ ३ गते मंगलबार फोटोग्राफर संघले बर्दघाटस्थित अपाङ्ग तथा अनाथ आश्रम(सयपत्री नेपाल)मा फोटो ग्राफर संघ र फोटोग्राफरको तर्फबाट  १० हजार बराबरको खाद्यान्न सहयोग गरेको अध्यक्ष गौतमले बताए।

संघका पदाधिकारीहरूले सामाजिक उत्तरदायित्वका कार्यक्रमले फोटोग्राफर समुदायप्रति जनविश्वास अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal