सुनवल।सुनवल नगरपालिकामा नगरस्तरीय प्रिन्सिपल एसोसिएसन नेपाल (पान) गठन गरेको छ।
सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरूको पहिलो भेलाले कर्णबहादुर राहादीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
जसको उपाध्यक्षमा फानप्रसाद श्रेष्ठ,सचिवमा जिवन कुमार श्रेष्ठ कोषाध्यक्षमा राधिका भट्टाराई र सहसचिवमा मुकुन्द आचार्य चयन भएको नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर राहादीले जानकारी दिए ।
त्यसैगरि सदस्यहरुमा क्रमश:धुर्वराज घिमिरे,खेमबहादुर नेपाली मुरारी यादव,शिवा रेग्मी पौडेल,सिता घिमिरे दुई जना पछी थप गर्ने गरि १२ सदस्यीय कार्य समिति चयन भएका छन।
नवनिर्वाचित अध्यक्ष कर्णबहादुर राहादीले संगठनले सामुदायिक विद्यालयहरूको सुधार, नेतृत्व विकास र समन्वयलाई प्राथमिकता दिने काम हुने बताए।
सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता सम्पन्न भेलामा, सुनवल नपा वडा ५ का वडा अध्यक्ष नेत्र लाल शर्मा तिवारी,सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, विद्यालय व्यवथापन समिति महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्यप्रसाद न्यौपाने,विद्यालय व्यवथापन समिति महासघ सुनवल नगर अध्यक्ष ज्ञानहरि अर्याल लगायतको उपस्थिति रहेको थियो ।