ट्रेन्डीङ्ग

नेकपा(बहुमत)नवलपरासीले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

परासी।नेकपा(बहुमत)नवलपरासी जिल्लाले साहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुवँरलाई ध्यानाकर्षण पत्र बुझाएको छ।नवलपरासी जिल्ला सेक्रेटरी सन्देश सापकोटाको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो।

गत १६ गते नेकपा बहुमत पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पुर्वबाट निर्वाचित सांसद डिबि भनिने धन बहादुर केसिलाई कारबाहीको माग गर्दै मुख्यमन्त्री चेत नारायाण आचार्यलाई दुई बुद्दे ज्ञापनपत्र बुझाउदै जनप्रदर्शन गरेको थियो।

रुकुम पुर्वबाट प्रदेश संसदमा निर्बाचित डिवि भनिने धनबहादुर केसीलाई सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गर्दै एक वर्ष कैद दुई हजार जरिवाना तोकीएका ब्यक्ति हुन।उनी अहिलेसम्म फरार सूचीमा पर्दै आएका छन् भने मन्त्री बादसाह कुर्मी नेपालगन्ज कि निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन।मन्त्री कुर्मिलाइ गृहमन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो।

संसद केसी पक्राउ र मन्त्री कुर्मिलाइ बर्खास्तको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण बुझाइएको नवलपरासी जिल्ला सेक्रेटरी सन्देश सापकोटाले जानकारी दिए।पार्टीले राखेका मागहरु कार्यन्वयनका लागी यहि २० गते मशाल जुलुश र २१ गतेदेखि प्रदेश भरिमा सरकारी सवारी साधनमा रोक लगाउने पाँच नम्बर व्युरो कार्यालयले जनाएको छ।

देशभर`भष्टाचार बिरुद्ध जनएकता अभियान´घोषणा गरको उक्त पार्टीले ५ नम्बर ब्युरोको कार्यतालिका अनुसार मंगलबार लुम्बिनी प्रदेश भरका प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण पत्र बुझाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal