
परासी।पश्चिम नवलपरासीमा लागुऔषध खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन्। प्रतापपुर गा।पा।४ हरकपुराबाट अवैध लागुऔषध खैरो हेरोईन सहित बुधबार एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका ८ बालुवा टोल बस्ने अन्दाजी ५२ बर्षीय जगदिश केवट रहेका छन।
विशेष सुचनाको आधारमा खटिएको प्रहरीटोलीले भारतबाट नेपालतर्फ पैदल आउंदै गरेका केवटलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ ३० पुरीया फेला( ३५ ग्राम) वरामद पश्चात् थप अनुसन्धान कार्य भईरहेको बोहोराले बताए।पक्राउ परेका केवटलाई लागू औषध कसुरमा अदालतबाट म्याद थपी आवश्यक अनुसन्धान भैईरहेको प्रहरिले जनाएको छ।
साथै गत साउन महिनामा लागुऔषध सम्वन्धि कसुर मुद्धामा ९ जना मानिस पक्राउ भई जिल्ला अदालत परासिबाट म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा २ जना रुपन्देहीका र ७ जना नवलपरासिकै रहेका छन् ।
उनीहरुको साथबाट डाईजेपाम १०५ एम्पुल,फेनारगन १ सय ६ एम्पुल,बुप्रिनुर्फिन ९९ एम्पुल, सय एमलको ओनिरेक्स ९ बोतल,नाईट्राभेट १ सय ९३ ट्याब्लेट,स्पास्मो- १ हजार ६२ ट्याव्लेट र ब्राउन सुगर(खैरो हेरोईन) – ९ दशमलव २३० ग्राम लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।