![](https://safalpost.com/wp-content/uploads/2024/03/Uae-samaj-1.jpeg)
सुनवल।पश्चिम नवलपरासीको सुनवल ३ चन्द्रज्योति आधारभुत विद्यालयमा नवलपरासी सेवा समाज युएइले अक्षयकोष स्थापनाका लागी ५१ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेको छ।
चन्द्रज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कणर्वहादुर पुनको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको नवलपरासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रेले बताए।
कार्यक्रममा वडा नम्वर ३ का जनप्रतिनिधिहरु श्याम गुरुङ, युएइ सेवा समाजका बरिष्ठ सल्लाहाकार हरिप्रसाद न्यौपाने, सल्लाहकार कृष्णप्रसाद वास्तोल, सन्दीपप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष मित्रलाल पाण्डे, सदस्यहरु दयाराम डुम्रे,पुरुषोत्तम सापकोटा लगाएतको उपस्थीति रहेका थियो।
अक्षयकोषका लागी नवलपरासी सेवा समाज युएइले प्रदान गरेको रकम सहि सदुपयोग गर्ने विद्यालयले जनाएको छ ।
नवलपरासी सेवा समाज युएइले पश्चिम नवलपरासीमा आर्थिक रुपले विपन्न गरिव असाय,असक्त,दिर्घ रोगीहरु साथै गरिव तथा जेहेन्दार विद्यार्थीरुलाई सहयोगका लागी विद्यालयहरुमा अक्षयकोष स्थापना गर्दै आएको छ ।