ट्रेन्डीङ्ग

पत्रकार महिला र खेलाडी महिलाबिच मैत्रीपूर्ण ‘टच रग्बी’ सम्पन्न

काठमाडौँ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार महिला र महिला रग्बी टिमबिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।नेपाल महिला रग्बी कमिटीको आयोजनामा भएको‘टच रग्बी’खेलमा विभिन्न सञ्चार माध्यममा आबद्ध २५ जना महिला पत्रकार तथा आयोजक टोलीका २५ जना खेलाडी सहभागी थिए।

शान्तिनगर फूटसलमा भएको मैत्रीपूर्ण खेलको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्याल प्रत्येक घरमा एक महिला खेलाडी हुन सके महिला माथि हुने विभेद कम हुने विश्वास व्यक्त गरिन।हरेक क्षेत्रमा महिलालाई सशक्त रूपमा अगाडि बढाउन सके समाजमा हुने विभिन्न किसिमका हिंसा रोक्न सकिने उहाँको भनाइ थियो।

नेपाल रग्बी कमिटीकी महिला विभाग प्रमुख तथा क्याप्टेन एलिसा थापाले रग्बी खेल अन्य खेलजस्तै दिन प्रतिदिन लोकप्रिय बन्दै गएको बताए।उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस किसिमको प्रतियोगिताको आयोजना गरिने जानकारी दिए।थापाले खेल क्षेत्रमा महिलालाई आकर्षित गराउँदै लगेमा समाजमा महिलामाथि हुने हत्या,हिंसा र बलात्कारजस्ता जघन्य घटनालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal