ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा मुस्लिम धर्मावलम्बीले मनाए १४९८ औं मोहम्मद जयन्ती

परासी।पश्चिम नवलपरासीमा मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाई रहेका बेला पश्चिम नवलपरासीमा राष्ट्रिय ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा जुलुस निकाली मोहम्मद जयन्ती मनाइएको हो।

राष्ट्रिय ओल्मा काउन्सिल नेपालको आयोजनामा जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स-साना मोहम्मद जयन्ती जुलुसहरु रामग्रामको हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी जुलुस बाईपास,घोडपाली,जिल्ला प्रहरीको कार्यलय,घण्टाघर चोक हुदै बुद्धचोकमा पुगि कोण सभामा परिणत भएको थियो।

जुलुसमा सहभागीहरु,रंगिचंगी ब्यानर,ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएका हजार बढी मुस्लिम सहभागीहरु ईस्लामि तथा राष्ट्रिय नाराहरु लगाई परासी बजारको परिक्रमा गरेका थिए।

ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन।बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताए।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ।

जुलुसमा जिल्लाको विभिन्न पालिकाबाट मुस्लिम समाजसेवी, कर्मचारी,नेता,जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।सदरमुकाम सहित जिल्लाको विभिन्न स्थानमा मोहम्मद जयन्तीको अवसरमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको मनाइएको छ।

जयन्तीको अवसरमा शुभकामना आदानप्रदान गर्ने,नमाज,कुरान पढने,दानपुन गर्ने,सामाजिक सदभाव कायम गर्ने मिठो-मिठो परिकार पकाई साथी-भाईहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal