सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्थाले बि.स.२०८० को भित्तेपात्रो बिमोचन गरेको छ।सस्थाले आफ्नो बहुउद्देश्यीय कार्यक्रमहरु समेटेर भित्तेपात्रो बिमोचन गरेको सस्थाका अध्यक्ष दयाराम भन्डारीले बताउनुभयो।
सस्थाका अध्यक्ष दयाराम भन्डारीको अध्यक्षता,सल्लाहकार समिती संयोजक रुकमागत बस्यालको प्रमुख आतिथ्यतामा गरिएको बिमोचन कार्यक्रममा सल्लाहकार सदस्यहरु कृष्ण बन्धु अर्याल, अमरनाथ कवर,चन्द्र्कान्त पाठक,रमेश पौडेल,पुर्बअध्यक्ष थान प्रसाद गैरे,पुर्ब उपाध्यक्ष रुद्रनाथ लामिछाने,पुर्ब संचालक समिती सदस्य दिल प्रसाद पाठक लगायत सस्थाका संचालक समिती,कर्मचारी र शेयर सदस्यहरुको उपस्थिति रहेको सस्थाका संचालक समिती सदस्य गणेश पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा स्वागत मनतब्य सस्थाका उपाध्यक्ष पदम काफ्लेको रहेको थियो भने संचालन सचीव ओमकान्त तिमिल्सिनाले गर्नुभएको थियो।
सस्थाले भोलि चैत्र १८ गते रक्तदान कार्यक्रम,दन्त शिबिर,बाल तथा महिला रोग विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन गर्ने सस्थाका ब्यवस्थापक दिनेश नाथ कवरले बताउनु भयो।