ट्रेन्डीङ्ग

अधुरो बिकासलाई पूरा गर्ने बेला आएको छ:चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा तर्फका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताएका छन।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार चौधरीले महिलाई र युवाहरुलाई उधमी बनाउदै बेरोजगारीको रोगलाई निर्मुल पारीने बताएका थिए।

चौधरीले भुमीहिन,सुकुम्बासी,स्वास्थ्य,शिक्षा लगायतका सस्यालाई ५ बर्ष भित्रमै समाधान गरीने प्रतिबद्धता ब्यक्त गरे।हरेक घरघरमा अब मतदाता सचेत हुनुपर्ने अवस्था छ ताकी प्रतिगामी शक्ति उल्ट्याउने दुष्शाहस कसैले नगरोस चौधरीले भने।आफू गफ मात्र गर्न नभई बास्तवमै जनताका सम्स्यालाई सम्बोधन गर्न राजनीतिमा होमिएको चौधरीले दावी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal