ट्रेन्डीङ्ग

रुपन्देहिमा १२ऑ राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न

बुटवल।रुपन्देहिमा १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न भएको छ।जसमा पुरुष तर्फ ४२ केजिमा पवन वुढा थापा पहिलो‚कृष्ण चिदी दोस्रो र प्राईम गुरुङ साथै आषिश थारु तेस्रो भएका छन्।

त्यस्तै ४७ केजिमा अविनाश जिं.एम पहिलो‚अमृत न्यौपाने दोस्रो र कपिल श्रेष्ठ साथै हिमाल सारु तेस्रो भएका छन्।त्यसैगरि ५२ केजिमा राहुल चौधरी पहिलो‚हिमाल क्षेत्री दोस्रो र मन्दिप जि.सी साथै विवश वराली मगर तेस्रो भएका छन्‌।

त्यसैगरि महिला तर्फ ४० केजिमा श्रृष्ठि जि एम पहिलो‚शुशिला चौधरी दोस्रो‚सरिता वि.क तेस्रो र अमिसा पोखरेल चौथो भएका छन् ।त्यसैगरि ४५ केजिमा इशा पाण्डे पहिलो‚दृष्टि जिं.एम दोस्रो‚समिक्षा सावत तेस्रो र नसादिया खातुन चौथो भएका छन् भने ५० केजि तर्फ रमा कंवर पहिलो‚दिप्ती कार्कि दोस्रो‚छायाँ गुरुङ तेस्रो र सदिक्षा रुचाल चौथो भएका छन्‌।उक्त प्रतियोगीतामा रुपन्देहि जिल्लाका ७ पालिकाहरुको सहभागिता रहेको थियो।

प्रतियोगीता कराते विरिष्ठ प्रशिक्षक माधव घिमिरेको अध्यक्षतामा रहेको थियो भने वुटवल उपमहानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष बलु पुन मगरको प्रमुख आतिथ्यता‚कालिका माविका प्राचार्य दिनेश थापा र खेलकुद विकास समिति लुम्विनी प्रदेश सदस्य हरिस ओलिको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सितारियो कराते संघ अध्यक्ष कृष्ण देवकोटा‚रेफ्रि जेम थापा लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रम कराते प्रशिक्षक उमेश थापाले संचालन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal