ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)कास्कीको संयोजकमा युवराज र क्याम्पस जिल्ला संयोजकमा सचिन चयन

कास्की।अखिल(क्रान्तिकारी)कास्की र क्याम्पस जिल्लाको संयुक्त बैठक भएको छ।पोखराको पृथ्वीनारायण क्याम्पसमा बसेको बैठकले कास्कीको संयोजकमा युवराज थापा र सह-संयोजकमा शेरबहादुर विश्वकर्मा तथा क्याम्पस जिल्लाको संयोजकमा सचिन पौडेल र सह-संयोजकमा शिव गौतमलाई चयन गरेको छ ।

बैठकले संगठन सुदृढ तथा बिस्तार अभियान चलाउने र भाद्रको पहिलो हप्तामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सेक्रेटरी काजी गुरुङले युवा विधार्थी नै भबिस्यको कर्णधार भएकोले देशको स्वाधीनता बचाउने र समाजवाद निर्माण गर्ने अभियानमा नयाँ पुस्ता अनिवार्य लाग्नुपर्ने बताए।

नयाँ पुस्ताले वर्तमान राजनीति माथि हस्तक्षेपकारी भुमिका खेल्न तयार नहुने हो भने समाज रुपान्तरणमा गति पैदा नहुने बताए । बैठकमा पोखरा नगर सेक्रेटरी प्रकाश बास्तोला, संगठनका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज पुरन पुन लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।बैठकको अध्यक्षता युवराज थापाले गरेका थिए भने संचालन सचिन पौडेलले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?