ट्रेन्डीङ्ग

बृद्धबृद्धाको सहारा बनेकी कविता वालिङको उपमेयरको उम्मेद्बार

वालिङ ।एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो। सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा बस्दै आउनु भएको थियो । साआहारा भनेको आफूले कातेको बत्ती मात्रै भएको बताउदै उहाँले गरेको दुःखेसो तिवारीको मस्तिष्कमा अहिले पनि ताजै छ।देवकोटाको शनिवार मात्रै १०४ बर्षको उमेरमा निधन भएको छ।

राम्दीबाट घर तर्फ फर्कदै गर्दा तिवारीको सोच आयो यही ठाँउमा एक व्यवस्थित बृद्धाश्रम बनाउछु । त्यतीबेला सुविधा सम्पन्न बृद्धाश्रम बनाउने कुरा गर्दा धेरैले असम्भव भन्दै कुरा सुनेको नसुन्यै गरे तिवारी सम्झनुहुन्छ ।वालिङ १० भकुण्डेमा रहेको शिवपार्वती मन्दिरमा शिवपुराण लगाउने र त्यसबाट बचेको रकमबाट सुविधा सम्पन्न बृद्धाश्रम सञ्चालन गर्ने योजना साथीहरु बीच भयो र हामी अगाडि बढ्यो तिवारी भन्नुहुन्छ। आज त्यो सपना साकार भएको छ । ५० जना बृद्धबृद्धाहरु सुविधा सम्पन्न बृद्धाश्रममा बस्छन् । बिक्रम संवत २०६५ तिरबाट शुरु गरिएको अभियान २०७३ मा साकार भएको तिवारीको भनाई छ।अझै पनि माथिल्लो तला सम्पन्न गर्न सकिएको छैन । सरकारी तथा बिभिन्न व्यक्तिहरुको सहयोगमा बृद्धाश्रम सञ्चालन भईरहेको छ ।वालिङमानै बृद्धाश्रम खोल्नु भएको भए हुने नी किन राम्दीमा बनाउनु भयो भन्ने प्रश्नमा तिवारी गम्भिर हुँदै भन्नुहुन्छ,‘कालीगण्डकीको तट र यातायातको पनि सुविधा भएकाले हामीले राम्दी रोजेका हौं ।’ राम्दीका साना साना कुटीमा बस्ने बेसाहारा बृद्धबृद्धाहरुलाई पनि आश्रय दिने उहाँको चाहाना पुरा हुन पाएकोमा तिवारी निक्कै हर्षित हुनुहुन्छ।

प्रत्येक मंगलवार उहाँ कालीगण्डकीमा स्नान गर्न र बृद्धबृद्धाहरुलाई भेटघाट गर्न राम्दी पुग्नुहुन्छ । बृद्धाश्रममा बिगत लामो समय देखि बस्दै आएकी की भन्नुहुन्छ उहाँको प्रयासका कारण हामी निक्कै सजिलोगरी बस्न पाएका छौं ।

आश्रममा सुबिधा सम्पन्न कोठाहरु शौचालय, तातो पानी सहितको स्नान घर,टेलिभिजन,भजनकिर्तन गर्ने कक्ष लगायत रहेकाछन् । उनीहरुलाई निरन्तर रेखदेखका लागि एक परिवार नै राखिएको छ ।

बृद्धाश्रमको साधारणसभाको समयमा तत्कालिन गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकरीले भन्नुभएको थियो, ‘निरन्तर र एकल प्रयास जारी राख्ने हो भने सफलता मिल्ने रहेछ भने साथ दिने मान्छे पनि प्रसस्तै पाईदो रहेछ । म त्यही शैली अनुकरण गर्दैछु,कविता म्याडमबाट सिक्न धेरै छ।’ बृद्धाश्रम सञ्चालनमा निरन्तर साथ दिएका वालिङ कै सविता भण्डारी भन्नहुन्छ, ‘हामी उहाँको मेहनत र निस्वार्थ भावनाले नै प्रभावित भएर साथ दिएका हौं ।’पछिल्लो समय बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुको पालनपोषण बिभिन्न मनकारी दानदाताहरुले दिएको दानबाट भईरहेको छ । हामी निरन्तर त्यस्ता दानदाताहरु खोजीरहन्छु र यसको बास्तविक अवस्थाबारे जानकारी दिन्छौं त्यसपछि दानदाताहरुको मन त्यसै पग्लिन्छ र दान आईहाल्छ तिवारीले थप्नु भयो ।तिवारीले नियमित रुपमा राम्दीमा नै रहेको गुरुकुलका बिद्यार्थीहरुलाई समेत आवश्यक सहयोग गर्दै आउनु भएको छ ।

बृद्धाश्रम मात्रै होईन बिभिन्न उत्पादन र उत्पादकत्व बृद्धिमा रोजगराी सिर्जना गर्न सफल महिला उद्यमी कविता तिवारी गैह्रे अहिले नगर उपप्रमुखको उम्द्वार बन्नु भएको छ । समाजसेवा,उद्यमशीलता सँगै राजनीति समेत गर्दै आउनु भएकी तिवारी नेपाली काँग्रेसका तर्फबाट उमेद्वार बन्नु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal