
वालिङ। नेकपा(एस)वालिङको नगर भेला सप्पन्न भएको छ ।भेलाले दयाराम पाठकको अध्यक्षतामा ४१ सदस्य नगर कमिटी गठन गरेको छ।जसको उपाध्यक्षमा बरुण गैरे,इन्जिनियर टुकनारायण ढुंगाना,सचिब बल बहादुर थापा,उपसचिव लेखनाथ गहतराज लगायत ४१ सदस्यीय नगर कमिटी गठन गरेको जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले बताए।
त्यसैगरि आजै नेकपा(एस)निकट समाजबादी प्रेस संगठन नेपालको स्याङ्जा जिल्ला भेलाले रविन गोदारको अध्यक्षातामा जिल्ला कमिटी गठन गरेको छ।
उपाध्यक्षमा पछि थप्ने गरि सचीवमा युवराज अर्याल र सदस्यमा गणेश पौडेल,कमल परियार,सन्दिप ओस्ति सहित जिल्ला कमिटी चयन गरेको हो।