ट्रेन्डीङ्ग

झुटो विवरण पेश गरी दोश्रो नागरिता लिने महिला पक्राउ

चैत २, काठमाडौ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिएको आरोपमा एक जना महिला पक्राउ परेकी छिन ।

पोखरा महानगरपालिका ६ बैदामकी २८ वर्षीय पुजा ढकाल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनले खोप्लाङ गाविस- ४ का गाइने सार्कीको छोरी भनेर झुटो विवरण पेश गरी पूजा सार्कीको नामबाट नागरिकता लिएकी थिईन । २०६७ साल मंसीर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पूजा ढकालको नाममा र २० दिनपछि २०६७ साल मंसीर २८ को मितिमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट पूजा गैरे सार्कीको नाममा नागरिकता लिएको खुलेको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध दोहोरो नागरिकतासम्बन्धी कसुरमा गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिइ थप अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर अधिकारीले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?