ट्रेन्डीङ्ग

नेकपा कैलालीद्वारा गिरप्तार नेता पहल पुनलाई रिहाई गर्न माग

माघ २७,कैलाली ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीले अनाहक ढंगले प्रहरी द्वारा गिरप्तार गरिएका जिल्ला पार्टी सदस्य तथा मगर मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य कमरेड पहल पुन मगरलाई यथासिघ्र रिहाई गर्न माग गरेको छ ।
जनताको कर पसिनामा जागिर खाने अनि उल्टै आफ्नो गलत कर्तुतहरुलाई ढाकछोप गर्न हाम्रो पार्टी माथि चन्दाको आरोप थोपर्ने संसदीय राजनीतिको आवरणले ढाकिएका केही भ्रष्ट कर्मचारी र सामुदायिक वनको नाममा जनताको प्राकृतिक सम्पत्ति माथि ब्रमलुट मच्चाउने भ्रष्ट वन पदाधिकारीलाई वैज्ञानिक समाजवादको महान लक्ष्य बोकेको हाम्रो पार्टीसंग तथ्य सहित खुला बहसमा आउन चुनौती दिँदै यस्ता प्रकारको पार्टी बिरोधी गतिविधि रहेमा यसको उचित जवाफ दिने नेकपा ले चेतावनी समेत दिएको छ ।
राजनीतिक पुर्वाग्रहका कारण गिरफ्तार गरिएका कमरेड पहल पुनलाई यथासिघ्र रिहाइ गर्न र थप धरपकडको आतंक नफैलाउन, सरकार र हाम्रो पार्टीका बीचमा भयको ३ बुदे सहमती को उलंघन नगर्न राज्य प्रशासनलाई आग्रह सहित यसलाई बेवास्ता गरिएमा पार्टी ससक्त आन्दोलनमा जान बाध्य हुने कुरा जिल्ला इन्चार्ज ओम प्रकाश पुन र सचिव दीपेन्द्र चलाउनेले विज्ञप्ति मार्फत जानकारी गराएका छन ।

भ्रष्टाचार र अनियमितता गरेको आरोपमा केही दिन पहिले कैलालीको भजनी इलाका वन अधिकृत विश्वराज पण्डितलाई जनताले कालोमोसो दलेको घटनालाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको छ भने केही अरु नेताकार्यकर्ता को घरमा प्रहरीले खानतलासी पनि गरेको छ । कांग्रेस निकट कर्मचारी संगठनले हाम्रो पार्टी विरुद्ध लक्षित गरेर प्रहरी प्रशासन को दबाब प्रहरीले यो गतिविधि गरेको नेकपा कैलालीको आरोप छ ।

विज्ञप्तिको पूर्णपाठ :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal