ट्रेन्डीङ्ग

पेट्रोलियम पदार्थ खरिदमा आईओसिको एकाधिकार तोडिनुपर्छ:पुर्व मुख्यसचीव पौडेल

काठमाडौँ।नेकपा सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलले भारतीय आयाल कर्पोरेशन (आईओसी) सँग भएको पेट्रोलियम पदार्थ खरिदको एकाधिकार तोड्नुपर्ने बताएका छन् । नेकपा कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठनहरुको संयुक्त मोर्चाले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि, समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले भारतीय कम्पनीसँगको एकाधिकार तोडेर अरु कम्पनीसँग पनि पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा जवस मोर्चाका प्रमुख ओम पुन (मिलन)ले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै भारतसँगको एमाधिकार तोड्न आफूले गरेका प्रयासहरु बारम्बार असफल भएको बताए ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा मैले आईओसीसँगको एमाधिकार तोड्नका लागि पहल गरेको थिएँ । त्यतिबेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका कारण सफल हुने सकेन ।’ अध्यक्ष ओलीको चरित्रको बयान गर्दै उनले भने, ‘उहाँले विकल्प खोज्ने प्रयास गर्नुभयो तर पछि के भयो मलाई पनि थाहा छैन् ।’ उनको आसय भारतीय पक्षको दवावका कारण ओली पछि हटेको भन्ने थियो ।

उनले आफूले चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्नका लागि सुझाव दिएको भएपनि त्यो कार्यान्वयन नभएको बताए । चीनका लागि नेपाली राजदूतसमेत भइसकेका पौडेलले आफूले भनेको कुरा भारतले २०७२ सालमा लगाएको नाकाबन्दीमा प्रमाणित भएको भन्दै त्यसपछि ओलीले चीनसँग बाध्य भएर सम्झौता गरेको बताए ।

‘म सहसचिव हुँदा उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । उहाँलाई मैले भारतसँगको एकाधिकार तोडेर नेपाली जनतालाई सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्नका लागि सुझाव दिएको थिएँ । उहाँले सुनेको नसुन्यै गर्नु भयो वा कसैको प्रभावमा पर्नुभयो ।’ उनले भने, ‘२०७२ सालमा पनि चीनसँग पारावहान सम्झौता भयो । तर त्यो पनि कार्यान्वयन हुन पाएन् ।’

राजनीतिक नेतृत्वका कारण अहिले मूल्यबृद्धिको मारमा जनता परेको भन्दै उनले भने, ‘आयाल निगममा पेट्रोलियम पदार्थ ढुवानीमा ठूलो भ्रष्टाचार हुने गरेको छ । पेट्रोल पम्पका संचालक र ट्याङकरका साहुबाट उठाएर आयाल निगमका कर्मचारीले नेताहरुको घरघरमा त्यो रकम पुर्याउँछ । नेताहरु भ्रष्ट भएपछि कसको के लाग्यो ?’

कार्यक्रममा बोल्दै अर्थराजनीतिक विश्लेषक हरि रोकाले पेट्रोलियम पदार्थ खरिद गर्दा कच्चा तेल खरिद गर्नुपर्ने बताए । ‘कच्चा तेलबाट विभिन्न खालका बस्तुहरु तयार हुन्छ । त्यो खरिद गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ ।’ उनले भने, ‘अहिले हामीलाई भारतले प्युरिफाइ गरेर पेट्रोल डिजेल पठाउने गरेको छ । ’

उनले भारत सरकारले पेट्रोलियम पदार्थ विक्री गर्दा नेपालबाट दोहोरो भन्सार शुल्क लिने गरेको बताए । ‘आईओसीले अर्को देशबाट कच्चा तेल किनेर ल्याउँछ । उसले त्यहाँ भन्सार तिरेको हुन्छ । हामीलाई त्यो भन्सार शुल्क समेत जोडेर विक्रि गर्छ । यो गैरकानुनी छ । एउटा देशले एक पटकमात्र भन्सार लिन पाउँछ । यसको अन्त्य हुनपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयाल निगकमा डेपुटी प्रबन्ध निर्देशक नगेन्द्र शाहले नेपाल आयाल निगम अहिले पनि घाटामा रहेको बताए । नेपाल सरकारले विभिन्न कर लगाएका कारण पेट्रोलियम पदार्थ महङ्गो भएको भन्दै संसदमा प्रस्तुत हुने बजेटमार्फत करको दर घटाउँदा मात्र पेट्रोलियम पदार्थको मूल्य घट्ने जानकारी दिए ।

‘हामीले भारतीय आयाल निगमसँग पेट्रोल ८४.३२ पैसामा खरिद गछौंँ ।’ उनले भने, ‘त्यसमा सरकारले विभिन्न करमार्फत ५८ रुपैयाँ उठाउने गर्दछ, आयाल निगमले ६० पैसा अपे्रशन चार्ज काट्छ, ढुवानी र डिलरहरुको मिसन गरेर एक सय ५५ रुपैयाँ कस्ट पर्छ । त्यसमा हामीले १४२ रुपैयाँमा विक्रि गछौँ । आयाल निगमलाई १३ रुपैयाँभन्दा धेरै घाटा छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?