
माघ २२, पाल्पा ।
पाल्पामा चिसोको कारण दुई जनाको ज्यान गएको छ ।
तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आएका बर्ष ३८ का वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने बर्ष ५० का गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिएका परियारलाई उपचारका लागी जिल्ला अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिय ।
यस्तै
ज्याला मजदुरी गर्दै आएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अबस्थामा भेटिएका थिय । बेहोस अवस्थामा रहेका गिरि लाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।