
गोकर्ण पाण्डे,माघ २२, गुल्मी । गुल्मी तम्घासकाे रेसुङ्गा डाँडामा हिउँ परेसँगै हिउँ खेल्नेको भिड लागेको छ । पाल्पा,अर्घाखाँची लगायत छिमेकी जिल्ला बाट हिउँ खेल्नेको भीड लागेको छ।
जिल्लाको उच्च भूभागमा पर्ने हिउँ परेपछी सदरमुकाम तम्घास तथा छिमेकि जिल्लाका गाउँ गाउँ बाट स्थानिय पर्यटकहरु हिउँ खेल्न उच्च भुभागमा पुगेका छन् ।
सदरमुकाम तम्घास बाट उच्च स्थानमा रहेको रेसुङ्गा डाँडामा हिउँपर्दा तम्घास बजारका स्थानीयले नजिकैबाट हिउँपरेको दृश्य अवलोकन गर्न पाएका छन् । सधैंं जसो हरियाली डाँडा देखिने रेसुङ्गामा हिउँपर्दा मनमोहक दृश्य देखिने गरेको छ।
याे सँगै गुल्मीकाे रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ।