ट्रेन्डीङ्ग

प्युठानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु ७ घाईते

माघ २२,प्युठान ।
प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना भएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा बेहुला, बेहुली नै गम्भीर घाइते भएका छन् । उनीहरुकाे बिजुवार अस्पतालमै उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले बताउनु भएकाे छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थापाले बताउनुभयो । जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal