ट्रेन्डीङ्ग

वृक्षारोपण गर्न विप्लव नेकपाको निर्देशन

माघ १९, परासी ।                                                 कञ्चनपुरको भिमदत्त नगरपालिका को वार्ड नम्बर ०९ मटैनाको बैजनाथ सामुदायिक बन को ठिक माथि चुरे बनमा पुर्व डिएफओ ले स्थानीयहरुलाई नै जानकारी नदिई सुदुरपश्चिम बिपाश्यना साधना धार्मिक बन नारद पाण्डे को अध्यक्ष्यतामा समिति गठन गरेका छन ।
उक्त कार्य स्थानिय जनताहरुलाई अबैधानिक तरिकाले वन फडानि गरिरहेका बेला नेकपा विप्लवका कार्यकर्ता लगाउत सामुदायिक बनका मान्छेहरु बनमा हेरफेरका लागि गएपछि मात्रै थाह भएको कुरा स्थानीय जनताहरुले बताउदै गरिरहेका छन , यसै सम्बन्धमा वडा अध्यक्ष राम नाथले माघ १५ गते सनिवारका दिन वडा भेला बोलाएका थिए तर भेला पनि स्थगित भएको थियोे ,
स्थानीय जनताहरुलाई नै जानकारि नदिई अबैधानिक तरिकाले गरिएको समिति गठन र फडानिका गर्ने मागलाई कार्वाही को अघि सारेका छन।
विज्ञप्ति को पुर्ण पाठ
हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी हरेक खालका समाजिक विकृति विसंगतिका विरुद्ध निरन्तर संर्घष गर्दै आईरहेको कुरा आम जनसमुदायमा अवगत नै छ।
यसै सिलसिलामा भिमदत्त नगरपालिका भित्र मटैना को बैजनाथ सामुदायिक वनको ठिक माथि रहेको चुरेक्षेत्रमा कथित (बिपाषना) ध्यानकेन्द्र निर्माण गर्ने भनी मनोमानी तरिकाले अबैधानिक फडानि गरिरहेका ले धार्मिक बन समिति स्थानिय जनताहरुलाई नै जानकारि नदिई समिति गठन गरेको कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
चुरे बनमा मनोमानी तरिकाले फडानि भईरहेको हुनाले र मनोमानी तरिकाले धार्मिक बन समिति तय गरेको हुनाले बन फडानि कार्य रोकि समिति खारेज गरि दोषिहरुलाई कानुुनी कटघेरामा उभ्याई हदैसम्मको कार्वाहि प्रक्रिया अघि बढाई उक्त क्षेत्रमा फडानि भएको हुनाले पुन वृक्षारोपण गर्न पनि यसै प्रेश विज्ञप्ति मार्फत निर्देशन गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal