
अनिल थारु,माघ १५,कपिलवस्तु ।
कपिलवस्तुकाे एक इट्टा उद्योगमा सञ्चालकले नै बालबालिकालाई प्रयाेग गर्दै आएका छन् । दर्जनौँ बालबालिकालाई उद्योगमा प्रयाेग गरिएको छ । जिल्लाकाे विजयनगर गाउँपालिकाकाे वडा नं. ६ खडैचामा रहेकाे शिव इट्टा उद्योगका सञ्चालक सन्दीप माैर्यले बालबालिकालाई बालश्रम गराउँदै आएकाे पाइएकाे छ । इट्टा उद्योगमा भारतकाे सडनीगाेडनी र विजयनगर गाउँपालिकाका बालबालिकाहरू काम गर्दै आएका छन् ।
माैर्यले इट्टा उद्योगमा ८ वर्षदेखि १५ वर्ष उमेरका बालबालिकालाई प्रयाेग गरिँदै आएका छन् । बालबालिकाले १ हजार इट्टा बनाए वापत रू. १ हजार देखि १३ सय रूपैयाँ उद्योग सञ्चालक माैर्यले दिने गरेकाे बताएका छन् । अहिले इट्टा उद्योगमा नेपाल र भारतमा दर्जनौं बालबालिकाहरूले काम गरिरहेका छन् ।
उद्योगका एक कामदारले नाम नखाेल्ने सर्तमा पारिश्रमिक बढाउन भने पनि काेराेना महामारी र वर्षातले कराेडाैँकाे इट्टा नष्ट भएकाे भन्दै पारिश्रमिक दर नबढाएकाे गुनासाेसमेत गरेका थिए ।
इट्टा उद्योग सञ्चालक सन्दीप माैर्यले बालबालिकालाई प्रयोग नगरेकाे दाबी गर्नुभयो । तर उद्योगमा दर्जनौँ बालबालिकालाई माैर्यले नै लगाएको कुरा खुल्नमा आएकाे थियो । उहाँले बालबालिकालाई थाेरै पैसाले इट्टा बनाउन सक्ने र उद्योगलाई बढी फाइदा हुने भन्दै बालबालिकाबाट काम गराउँदै आएका छन् ।
२० वर्ष मुनिका बालबालिकालाई गैरकानुनी कार्यमा लगाउन नपाइने नेपाल सरकारकाे प्रावधान रहेकाे छ । बाल अधिकार हनन हुने गरि गैरकानुनी रूपमा कुनै पनि कार्यमा लगाउन नपाउने कानुन बनाए पनि उद्योगका सञ्चालक माैर्यले बढी नाफा हुने लाेभले बालश्रम गराउँदै आएका छन् । उद्योगमा बालबालिकालाई प्रयाेग गर्दै आएकाे स्थानीयकाे गुनासाे आएपछि उद्योगमा अनुगमनका लागि पुगेका पत्रकारलाई दादागिरी शैलीमा अमर्यादित गालीगलाैज गर्दै माैर्यले इट्टा भट्टामा हालेर ज्यान मार्ने धम्कीसमेत दिएका छन् । रेडियो शिवराजका रिपाेर्टर तथा गाैतमबुद्ध सन्देशका संवाददाता घनश्याम भर, बुटवल टुडेका संवाददाता राम अवतार चाैधरी र जनपत्रकार संघ कपिलवस्तुका अध्यक्ष अनिल थारूलाई माैर्यले ज्यान मार्ने धम्की दिएका छ्न ।
माैर्यले पत्रकार हाे भने आइडी कार्ड देखाउ भन्दै उनले भने, “तिमिहरूले भन कति पैसा चाहियाे ?, ठाउँ- ठाउँमा पैसाकाे बिछ्यौना लगाई दिन्छु” । यसरी उहाँले पैसाकाे शक्ति देखाउँदै पत्रकारलाई इट्टा भट्टामा जलाएर मार्नेसम्म पछि हटेनन् । सचालक माैर्यसँगै रहेका महताब (पप्पु) खानले हात खुट्टा भाँच्ने धम्की दिए । उनले भने , ” मलाई राम्रोसँग चिनेका छैनाैँ तिमिहरू, केही बिगार्न सक्दैनौँ” । खानले भारतमा पनि गैरकानुनी काम गर्दै आएकाे एक स्राेत जनाएकाे छ । भारतमा आपराधिक गतिविधिमा बढी संलग्न रहेकाेले भारत पुलिसले खानकाे खाेजी अनुसन्धान गरिरहेकाे जनाए । अहिने नेपालकाे सिमावर्ति क्षेत्र कृष्णनगरमा लुकीछिपी बस्दै आएका छन् ।
बेमौसमी बर्षातका कारण कपिलवस्तु इट्टा उद्योगहरूमा वर्षेनी लाखाैँकाे क्षति हुँदै आएकाे छ । इट्टा उद्योगकाे बीमा नहुने हँदा उद्योगीहरू मर्कामा पर्दै आएका छन् ।