
१४ माघ, परासी । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल लाई पक्राउ गरेको छ ।
उनले वैदेशिक रोजगारीमा रहँदा फेसबुकमा महिलालाई साथी बनाई उनको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीको भनाइ छ ।
वैदेशिक रोजगारबाट फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरि उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।