
माघ ११।
रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ ।
मंगलबार दिउँसो पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनु भयो ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने सारुले बताउनु भयो ।
उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको छ ।