ट्रेन्डीङ्ग

विप्लव कार्यकार्यताले दले वडा अध्यक्ष र सचिवलाई  मोसो

१० माघ, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले वडाध्यक्ष र सचिवलाई मोसो दलेका छन ।

बझाङ जिल्लाको  बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका हुन ।

वडाको योजना करोडौं भ्रष्टाचार गरेको,  मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्वियु(क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु(क्रान्तिकारी)ले दाबी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal