
पुरन अधिकारी ,पश्चिम नवलपरासी
बैदेशिक रोजगारीका क्रममा भएका घटनाहरूको क्षतिपूर्ति बापत पाईने आर्थिक रकमका लागि सम्बन्धित सरोकारवालाले ऎन-कानुनमा केही परिमार्जन गर्नुपर्ने सुझाव सहित बैदेशिक रोजगारीले समाजमा उत्पन्न हुन सक्ने समस्याहरुको निराकरणका लागि सहि सुचनाले राम्रो भुमिका खेल्ने तर्क भुमहिमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य विक्रम खनालले व्यक्त गर्नुभयो ।
आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको तेस्रो साधरण सभा तथा प्रथम अधिवेशनको कार्यक्रममा खनालले बैदेशिक रोजगारीका बारेमा अाफ्ना भनाइ राख्दै यस सस्थाले बैदेशिक रोजगारीमा रहेका र तिनीहरूका परिवारलाई गरेको सहयोग सह्यनिय रहेको समेत बताउनुभयो।संस्थाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता एवं सामी हेल्भेटास नेपालका प्रदेश संयोजक पंचराम चौधरी ,कार्यक्रम अधिकृत जियाउल हक ,सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी ,सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख दिपक थापा क्षेत्री ,जनप्रतिनिधि धर्मेन्द्र सहानी,कैलाश यादब लगायतको अातिथ्यता एवं सहयोगी दाता र संस्थाका स्थानीय पालिका / नगरपालिकाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन अायोजक संस्थाका सचिव रामु भुषालले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बैदेशिक रोजगारीमा जाने व्यक्ति स्वयमले सहि सुचना लिएमा मात्र पनि बैदेशिक रोजगारीमा विधमान धेरै समस्याहरुको समाधान हुने र बैदेशिक रोजगारबाट फर्किएकालाई नेपालमै काम गर्ने वातावरण सिर्जना हुन सके उ पुनः बाध्यताले बैदेशिक रोजगारीमा जान नपर्ने हुदा यस विषयलाई राज्यले गहनभई सोच्नु पर्नेमा जोड दिएका थिए।
हरेक वर्ष आप्रवासी कामदार दिवस (dec-18) लाई सप्ताहाव्यापी रूपमा बैदेशिक रोजगारीमा रहेका परिवारलाई सहयोग , न्यायमा पहुँचका लागि सहजिकरण एवं बैदेशिक रोजगारीका कारण शिक्षामा प्रभावमा परेका बाल बालिकालाई शैक्षिक सामाग्री र न्यानो लुगा सहयोग गर्दै अाईरहेको यस संस्थाले बैदेशिक रोजगारीले उत्पन्न समस्याहरूलाई न्युनिकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्दै अाईरहेको र यसकार्यमा हातेमालो र सहयोग गर्ने व्यक्ति र सघ- संस्थालाई उक्त कार्यक्रममा सम्मान पत्र र अाजिवन सदस्यहरुलाइ समेत सम्मान पत्र प्रदान गरेको थियो ।
भुमहिमा सम्पन्न साधरण सभा तथा उक्त महाधिवेशनबाट एघार सदस्यीय नयाँ पदाधिकारीहरु समेत सर्वसहमतिले चयन भएका छन। जसको अध्यक्षमा रामु भुषाल,उपाध्यक्ष सुमित्रा चौधरी ,सचिव अमर नारायण चौधरी ,सहसचिव सुनिता पौडेल ,कोषाध्यक्ष रमेश चौहान र सदस्यहरुमा गोपीचन्द हरिजन, पुर्ण चन्द्र (पुरन) अधिकारी ,कमला ढकाल, चन्द्रकला राना, राज कुमार शर्मा र यादव नाथ भारती रहनुभएको छ।