
गोकर्ण पाण्डे, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका ५५ वर्षिय कालु विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिए।अन्य ३ जना गम्भीर घाईते भएको र उनिहरुको उपचारको लागी पाल्पा रिफर गरिएको छ।भने २ जना सामान्य घाइते भएका छ उनी हरु उपचार पछि घर फर्किएका छन्।
जिप सडक बाट ४० मिटर तल खसेको थियो ।