
पुरन अधिकारी, पश्चिम नवलपरासी
मनकामना युवा क्लव सुनवल १० गैडाखालको आयोजनामा गत पुष २१ देखी सुरु भएको ल्होसार माघि कप नकआउट फुटवल प्रतियोगिताको उपाधि मायादेवी युवा क्लव टटेराले हात पारेको छ ।
माघ ६ गते भएको फाईनल खेलमा सुनवल एफ .सी .लाई शुन्यका विरुद्ध २ गोल गर्दै मायादेवी युवा क्लब टटेरा विजयी भएको हो । विजेता मायादेवीले नगद रु.१ लाख ७५ हजार प्राप्त गरेको छ भने उपविजेता सुनवल एफ सीले रु १ लाख नगद प्राप्त गरेको छ ।
खेल संयोजक जित बहादुर पुनको अध्यक्षता तथा जिल्ला खेलकुद समिति नवलपरासीका उपाध्यक्ष होम भण्डारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले क्लब र खेलाडिलाई जिल्ला खेलकुद समितिले प्रत्यक्ष निगरानी गरिरहेको र उत्कृष्ट खेलाडि छनोट गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरी नवलपरासी जिल्लालाई फुटवलमय बनाउने बताउनुको साथै
विगतमा खेलकुद क्षेत्रमा भएका त्रुटिलाई सुधार्दै लाने ,खेल प्रती खेलाडिलाई अझ सशक्त र जिम्मेवारी बनाउने उहाको भनाइ थियो । कार्यक्रममा जिल्ला फुटवल संघका उपाध्यक्ष मिलन गुरुगं, महासचिव सुविन्द्र कवर योगी लगायतको आतिथ्यता रहेको थियो ।
जम्मा १६ टिमको सहभागिता रहेको सो फुटबल प्रतियोगिता गत पुस २१ गते देखि मनकामना युवा क्लबको आयोजनमा सुनवल १० गैडाखालको खेल मैदानमा संचालन भएको थियोे ।