
तनहुँ ,माघ १।तनहुँको बन्दीपुर गाउँपालिका वडा नं.६ धरमपानीमा जीप दुर्घटना भएको छ ।
हिजो बेलुका बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन।
मृत्यु हुनेहरुमा बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा,बर्ष २३ का रोशन गुरूङ, बर्ष ५३ का हरिबहादुर न्यौपाने,बर्ष ४८ सुशिलादेवी न्यौपाने,बर्ष ७६ बिममाया गुरुङ र बर्ष ४३ सुकबहादुर गुरुङ लाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाईतेहरु सनिषा थापा,७ महिनाकी बालिका दिविसा मगर,
मम्फुली गुरुङ,कुमारिया गुरुङ र जमुना थापा रहेका छन भने घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।