ट्रेन्डीङ्ग

झापा:युवा संगठनद्वारा नेपाल-भारत सिमाना क्षेत्रमा राष्ट्रिय झण्डा गाड्यो

पुष २९ झापा।विप्लव नेतृत्व नेकपा युवा संगठन नेपालले झापाको गौरिगँज गापा-१ नेपाल भारत सिमाना चन्द्रसुर्य अंकित राष्ट्रिय ध्वाज(झण्डा)गाडेको छ ।

संगठनले ‘जनमतसंग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान’भन्ने मुल नारा साथ दुई महिने अभियान कै क्रममा उक्त झण्डा गाडेको हो ।

संगठनको अभियानले पुर्वि जिल्लाहरुमा गतिशील ढंगले क्रियाशील रहेको छ। जनतालाई विभिन्न जवस र पार्टी कमिटीमा समाहित गर्दै जनमतमा क्रान्तिको भाव जगाउँदै अभियानलाई निरन्तरता दिईरहेको छ।

युवा संगठन नेपाल पुर्वी अभियानको कमाण्ड न.१अथार्त सुदुरपश्चिम प्रदेश इन्चार्ज भुवन कुवरको टोलीले झापा जिल्लाको गौरिगँज गाउँ पालिका अन्तर्गत वडा नं.१ नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रको दशगजामा नेपालको चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा गाडेको हो।

नेपाली जनता र राष्ट्रको हितमा अवरोध पुर्याउने हरेक खाले कदम र सम्झौताका बिरुद्ध शसक्त प्रतिरोध गर्ने संगठनका केन्द्रीय सदस्य सुशीलले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal