ट्रेन्डीङ्ग

जनपत्रकार संगठन सिन्धुपाल्चोकको प्रथम भेला सम्पन्न

सिन्धुपाल्चोक , पुस २७ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता ! मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारीता !! भन्ने मूल नारासहित जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला बलेफीमा सम्पन्न भएको छ ।
उक्त भेलाले पार्वती बस्नेतको नेतृत्वमा ७ सदस्यीय जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोक जिल्ला सम्मेलन आयोजक कमिटी चयन गरेको छ ।

पार्वती बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगीनले जनपत्रकार संगठनले श्रमजीवी जनताको मिसन पत्रकारितालाई समात्न आवश्यक रहेको, विश्वमा अहिले सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले २१ औँ शताब्दीमा विकास गरेको विज्ञान प्रविधिसहित पत्रकारितालाई र साइबर सेनाको भूमिका खेल्न सक्नु आजको आवश्यकता रहेको , जनपत्रकारहरु यो दलाल संसदीय व्यवस्थाको भन्डाफोर गरि वैज्ञानिक समाजवादको पक्षमा जनतामा लेख, रचना र विचारहरु सम्प्रेषण गर्नु पर्ने उल्लेख गरे ।

भेलामा अथिति पार्टीका जिल्ला विशेष समिति सदस्य किरण घिमिरेले जनपत्रकारले वैज्ञानिक समाजवादको पक्षमा निरन्तर कलम चलाउनु पर्ने बताएका थिय ।

कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य कुमार श्रेष्ठ गरेका थिए

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal