
परासी । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको हो ।
केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।