ट्रेन्डीङ्ग

चितवन जिल्ला प्रशासन मेला महोत्सव बन्द गर्ने तयारीमा

पुष २६ चितवन । चितवनमा सुरु भइसकेका र सुरु हुने तयारीमा रहेका सबै मेला,महोत्सव बन्द गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ ।

भोलि(मंगलरबार)देखि सबै महोत्सव गर्ने तयारीमा प्रशासन जुटेको हो । सोही अनुरुप आज दिउँसो ३ बजे प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्दैछ।‘गृहको निर्णयले सबैले मान्नै पर्छ, अवस्था जटिल बन्दै गएकाले सबै मेला,महोत्सव बन्द गराउँछौं’–प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

चितवनकै सबैभन्दा ठूला चितवन महोत्सव आइतबारबाट सुरु भइसकेको छ । रत्ननगर महोत्सव भोलि (मंगलबार)बाट सुरु हुने तयारी छ भने पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सवको तयारी चलिरहेको छ ।

पछिल्लो समय चितवनमा पनि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ।जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्ममा चितवनमा सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ भने ७५ जना होम आइसोलेशनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal