
खेमराज बुढा,पुष २३ अछाम ।अखिल नेपाल शिक्षक सङ्गठन अछामको ७ औं जिल्ला सम्म्मेलन बल बहादुर थ्यातको नेतृत्वमा २१ सदस्यीय समिति चयन गर्दै शुक्रवार अछामको बिनायकमा सम्पन्न भएको छ ।
उक्त सम्मेलन समारोहमा प्रमुख अतिथिका रुपमा रहेका अखिल नेपाल शिक्षक सङ्गठन नेपालका केन्द्रिय उपाध्यक्ष धन बहादुर बमले संगठनको ७ औं जिल्ला सम्मेलनको भव्य र सव्य सफलताको शुभकामना दिँदै यो संगठनले जनशिक्षाको पक्षमा आवाज उठाउनु पर्ने र शैक्षिक क्षेत्रमा भएका बिकृति विसंगतिका विरुद्धमा सशक्त आवज उठाई समाजवादी शिक्षा प्रणाली लागू गर्न सबै संगठित हुनु पर्ने कुरा उनले जोड दिए।वर्तमान अवस्थामा देशको संविधानमा नै शिक्षालाई निःशुल्क र अनिवार्य शिक्षा भन्दै आए पनि पूर्ण रूपमा त्यो कार्यान्वयन हुन नसकेको परिस्थिति अहिलेको दलाल संसदीय व्यवस्थाको असफलता रहेको बताएका छन् । संगठनले दृढ भएर अहिले समग्र शिक्षा क्षेत्रमा देखिएका तमाम समस्याको दीर्घायु निकासका लागि आम शिक्षक , युवा विद्यार्थीलाई जनजागृत गरी समाजवादी नीति सहित आन्दोलनमा उद्देलित गर्न उनले अपिल समेत गरे ।उनले,“शैक्षिक मुद्दालाई मूल एजेण्डा बनाई संगठनको नीति आचार संहिताको दायर भित्र रही काम गर्न सबैलाई निर्देशन गरे।
सो कार्यक्रममा बिशिस्ट अतिथी नेकपा केन्द्रिय सदस्य डबल शाह, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय सदस्य छत्र शाही र प्रदीप जैशि,अतिथीहरुमा नेकपा जिल्ला सचीव तपेन्द्र तिमिल्सैना लगायत जिल्ला तथा जबस् का नेताहरु अतिथिको रूपमा सहभागी भएका थिए।बल बहादुर थ्यात को अध्यक्षतामा भएको उक्त सम्मेलन समारोहमा बिर्ख विकले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो सम्मेलनबाट अध्यक्ष बल बहादुर थ्यात,उपाध्यक्षमा छत्र राज देवकोटा/लछिराम भाट/रमिता शाहि, सचिवमा विर्ख बहादुर वि क, सह-सचिव चेतराज कुवँर,कोषाध्यक्षमा चक्र बहादुर शाहि र वरिष्ठ सदस्य बखत बहादुर शाहि लगाएत २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । नवगठित समितिलाई अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य छत्र बहादुर शाहिले बधाई मन्तव्य राख्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।