ट्रेन्डीङ्ग

स्याङ्जा:भरुवा बन्दुकको गोलि लागेर एक जनाको मृत्यु

स्याङ्जा २२ पुष । स्याङ्जामा प्रहरीले भरुवा बन्दुकको गोलि लागेको अवस्थामा एक जना मृत फेला परेका छ।

जिल्लाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका हुन।

प्रहरीका अनुसार त्रिबेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३ जना नफर्किएको भन्ने खबर प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो ।

बिक मृत भेटिएको स्थानमा १ थान भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

बेपत्ता भएका २ जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । जंगलबाट फर्केका ४ जनालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal