
पुष २० पर्वत । पर्वतको विहादी गाँउपालिका ६ शालिग्राममा लु ४ त ६८४८ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन|
मृत्यु हुनेमा बिहादी गाउँपालिका उरामपोखराका ट्रयाक्टर चालक बर्ष २८ का मुक्ति अर्याल रहेको प्रहरीले जनाएको छ।त्यस्तै सहचालक १७ बर्षका राजु नेपाली घाइते भएका छन।
ट्रयाक्टर विहादी गाँउपालिकाको वडा नम्बर ६ बहाकीठाँटी देखि बिहादी गाँउपालिकाको बिसुनडाँडा भन्ने स्थानमा जाँदै गर्दा सडकदेखि २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
विहादी गाँउपालिका ५ का स्थानीय पदम भुषालको ट्रयाक्टर उरामपोखरा जादै गर्दा दुर्घटनामा परेको हो।