ट्रेन्डीङ्ग

बझाङ्ग:गाडी भाडामा अनियमिता गरेको भन्दै २ घण्टा चक्काजाम

राज विसी,पुष १९बझाङ।अनेरास्ववियु(क्रान्तिकारी)ले बझाङमा विधार्थीलाई दिनु पर्ने ४५%मा अनियमिता गरेको भन्दै २ घण्टा सडक बन्द गरेको छ।

अखिल(क्रान्तिकारी)ले बझाङको केदारस्यु गाँउपालिकको झोता बजारमा विधार्थीलाई परिचयपत्रको आधारमा ४५ प्रतिशत छुट र जिल्लाको शाखा सडकमा अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यायलाई बुझाएको ज्ञापन पत्रको कुनैपनि सुनाइ नभएपछि २ घण्टा चक्काजाम गरेको छ।

सो चक्काजाम पछि सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शंकर खातीले हाम्रो मागलाई वेवास्था गरे थप कडा आन्दोलनको घोषणा गर्ने र त्यसबाट हुने क्षेतीको सम्बन्धित निकाय नै जवाफदेही हुने बताउनु भयो।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा सुप इन्चार्ज प्रकाश जप्रेल,केन्द्रिय सदस्य शंकर खाती,जिल्ला अध्यक्ष कमल थापा लगायत जिल्लाका विधार्थी नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal