ट्रेन्डीङ्ग

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको संस्थापक अध्यक्षमा डा. भट्टराई

कपिलवस्तु। रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको स्थापना भएको छ । शिक्षा,स्वास्थ्य लगायत विभिन्न संघ सस्थाको नेतृत्व तहमा रहनुभएका डा.धर्मराज भट्टराई संस्थाको संस्थापक अध्यक्ष वन्नुभएको रोटरी क्लवमा ४० जना संस्थापक सदस्यहरु रहनुभएको छ।


कपिलवस्तुको संस्थापक अध्यक्ष वन्नुभएका डा.भट्टराईले रोटरी क्लव अफ कपिलस्तुलाई विशुद्ध समाजिक सेवा भावका साथ अगाडि वढाउन आफु दृढ रहेको बताउनुभयो ।

साथै क्लववाट गरिने सेवामा सवै संस्थापक सदस्यहरुको आफुलाई साथ र सहयोग रहनेमा विश्वस्त रहेको डा.भट्टराईको भनाई छ ।

स्वार्थ भन्दा माथी सेवा भन्ने भावले रोटरी क्लव अफ सेन्ट्रल वुटवलको स्पोन्सरमा रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको स्थापना भएको रोटरी क्लव अफ सेन्ट्रल वुटवलका संस्थापक अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal