ट्रेन्डीङ्ग

पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल तारा गल्याङलाई

तोलाकान्त बगाले ,वालिङ ।

स्याङ्जाको वालिङ १३ बोदिभञ्ज्याङमा रहेको पिस पोईन्ट युवाक्लबले आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल तारा युवाक्लब गल्याङले जितेको छ । मंगलबार भएको फाईनल खेलमा आयोजक पिस पोईन्ट युवाक्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । पराजयसँगै पिस पोईन्ट युवाक्लब द्वितीय र जनप्रिय युवाक्लब गल्याङ ६ पिडीखोला तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका क्लबले क्रमशः नगद ४० हजार २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

बिजयी समूहहरुलाई पुरस्कार वितरण गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खेल क्षेत्रको विकासकालागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकूदका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुहुँदै हिसाब किताब पारदर्शी तबरले गर्न सुझाव दिनुभयो । साथै उहाँले खेल क्षेत्रको विकाससँगसँगै लुकेर रहेका प्रतिभाहरुको प्रष्फुटनकालागि यस खालका प्रतियोगिताको निरन्तरतातर्फ जोड दिनुहुँदै प्रतियोगिता आयोजनाकालागि नगरपालिकाकोतर्फबाट सहयोग हुने धारणा ब्यक्त गर्नुभयो । क्लबका अध्यक्ष रमेश जिटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश गैह्रेले गर्नुभएको थियो । पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal