ट्रेन्डीङ्ग

बाँके:भर्नामा शैक्षिक कार्यक्रम एउटा पढाई अर्कै

नेपालगन्ज।बाँके जिल्ला भित्र बिधार्थीलाई एउटा विषयमा भर्ना गरी अर्कै विषय अध्यापन गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) आन्दोलनमा उत्रिएको छ ।

बाँके जिल्लामा सिटिइभीटिद्वारा सन्चालित छोटो समयावधिका कार्यक्रमको अनुमती लिई विगत लामो समय देखी सन्चालनमा रहेका सस्थाहरुले टिएसएलसी वा सोसरह १८ महिने कार्यक्रम भनि विद्यार्थीहरुलाई भ्रमित गरिएको भन्दै जिल्ला भित्र रहेका सम्पूर्ण सस्था सन्चालक र विगत केही दिनदेखी आन्दोलनरत अखिल (क्रान्तिकारी) विच पाँच बुदे सहमती भएको हो।

अखिल क्रान्तिकारी र विभन्न संस्थाका संचालक बिच:कोभिडको कारण रोकिएको परीक्षा २ महिना भित्र सम्पूर्ण विद्यार्थीलाई परिक्षामा सहभागी बनाउने र यदी नभएमा १०० % क्षेतिपुर्ती सहित विदाई गर्ने,विद्यार्थीहरुलाई शुल्क निर्धारणको लागी संयुक्त रुपमा सिटिइभिटी संग संयुक्त संघर्ष गर्ने निर्धारण गरेमा शुल्कलाई कार्यान्वयन गर्ने, टिएसलसी सरह वा १८ महिने कोर्ष हो भनि कुनै विद्यार्थीलाई भ्रमित बनाई अध्यायन गराई रहेको भए विद्यार्थीको इच्छा अनुसार तालिम लिन छोडन चाहेमा १०० % क्षेतिपुर्ती सहित पठाउनुपर्ने,आगामी दिनमा तालिम केन्द्र र प्रशिक्षार्थीको सम्झौता गरेर मात्र अध्यायन गराउने,अखिल(क्रान्तिकारी),सम्बन्धित सस्था,अध्यायनरत विद्यार्थी र अभिभावक विच पत्रकार सम्मेलन मार्फत उक्त सहमतिको सार्वजनिक गर्ने गरि सहमति भएको अखिल क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्रीले विज्ञप्ति मार्फत जानकारी दिएका छन।

उक्त सहमतिमा सस्थाको तर्फबाट एभरेष्ट टेक्निकल कलेज,भेरिकर्णाली पोलिटेक्निकल इन्ष्टिच्युट,पारिजात इन्ष्टिच्युट, वाइड नलेज इन्ष्टिच्युट,निडेन इन्ष्टिच्युट त्यसैगरी अखिल (क्रान्तिकारी)को तर्फबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हरि पुन,डिवी शाही,अमृता घर्ति,अखिल (क्रान्तिकारी) डिल्ली क्षेत्री, उपाध्यक्ष राकेश दाहाल र कोषाध्यक्ष पदम बोगटीले हस्ताक्षर गर्नु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal