ट्रेन्डीङ्ग

नेकपा नवलपरासीको १९ औं पुर्ण बैठक एवं १२९औं माओ दिवस कार्यक्रम सम्पन्न

पुष ११ ,नवलपरासी ।नेपाल कम्युनिस्ट पार्टीले १२९ औं माओ दिवसको सुभकामना आदानप्रदान एवं नवलपरासी जिल्लाको उनाइसौ पुर्ण बैठक सम्पन्न भएको छ।

पार्टीको १९औं बैठक एवं सुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज शरद वलि साथै कार्यक्रमको अध्यक्ष एवं संचालन नेकपा नवलपरासीका सचीव धिरज रानाले गर्नु भएको थियो ।

वलिले सुभकामना दिदै माओ बिश्व कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता भएको,उत्पीडित बर्गको मुक्तिका लागि बिश्वभरी कम्युनिस्ट आन्दोलन छेडेको र चिनमा जनबादी क्रान्ती सम्पन्न गरि सत्तालाइ वैज्ञानिक समाजवाद-साम्यवादतिर उन्मुख गराउने कदमहरुको खुलेर चर्चा गर्दै राष्ट्रियता,जनतन्त्र,जनजिविका र सामाजिक बिकृती र बिसंगतिका विरुद्ध संघर्ष गर्न र पार्टीले लिएको प्रगतिशील संयुक्त सरकार ,जनमत संग्रह र वैज्ञानिक समाजवादको कार्यनीति जनतालाइ सुसूचित गर्न जनतामा उत्साहपुर्ण ढंगले जान नेता ओलिले आग्रह गर्नु भएको ।

त्यसै गरि १९औं पुर्ण बैठकले पार्टीको कार्यदिशालाई अगाडि बढाउदै संगठन निर्माण तथा बिस्तार,सदस्यता नवीकरण एवं सदस्य थप्ने,जबस मोर्चाका जिल्ला सम्मेलन गर्ने,जनमत संग्रहका लागि जनलहर सृजना गर्ने,एमसिसी खारेजी अभियानलाई निरंतरता दिदै जनतालाइ जागरुक बनाउने,पार्टीमा क्रान्तिकारी धुर्विकरण गर्दै जाने लगायतका निर्णय सहित सप्पन्न भएको नेकपा नेता प्रतापले जानकारी दिनु भयो।

कार्यक्रममा उपस्तिथि पार्टीका जिल्ला कमिटी सदस्यहरुले एक आपासमा सुभकामना आदानप्रदान गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal