
उर्मिला यादव यात्री,पुष ७,सुनवल।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनवल नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जिपि न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा आशिष छेत्री,स्मृति पाण्डे,प्रीन्स भण्डारी रहनु भएको छ भने सचिवमा राजन तिवारी,सहसचिवमा मदन बस्याल,गङगाधर गैरे,किरन सुबेदि,प्रीन्स ढुङ्गाना,सन्दिप बिक र कोषाध्यक्षमा समिक्षा पौडेल चयन हुनु भएको छ ।
सुनवल नगर कमिटीका अध्यक्ष जि पि न्यौपानेको अध्यक्षता तथा नेकपा एमाले जिल्ला उपाध्यक्ष डाेलराज भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अथिति भण्डारीले बोल्दै अखिलले विद्यार्थीहरुलाइ अनुशासनमा रहन सिकाउनुको साथै आफ्नो कर्तव्यको पालना गर्न पनि सिकाएकोमा जोड दिनु भएको छ।
यस्तैगरि अखिल जिल्ला अध्यक्ष निरज पौडेलले केन्द्रिय कमिटीको सर्कुलर अनुसार सबै स्थानिय तहमा नगर सम्मेलन गर्नुपर्ने भएकोले नगर सम्मेलनको आयोजना गरिएको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै पार्टी जिल्ला सचिवालय सदस्य दधिराम अर्यालले बोल्दै आफु नेकपा एमालेमा कसरि आबद्ध भएको बताउदै विद्यार्थी संगठन हुदै आज उपप्रमुख सम्म आइपुग्न कसरि सफल भएको बारेमा जानकारी गराउनु भएको थियो।
अनेरास्ववियु महाकबि देवकोटा क्याम्पस कमिटी अध्यक्ष बिनम भण्डारीले सन्चालन गर्नु भएको कार्यक्रममा अनेरास्ववियु सुनवल नगर इन्चार्ज सागर केसिले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा अखिल जिल्ला सहइन्चार्ज रमेश नेपालि,नेकपा जिल्ला सचीव थान प्रसाद गैरे,जिल्ला उपसचिव राजन आचर्य,जिल्ला सचिवालय सदस्य थमन सिंह नेपालि,जिल्ला उपाध्यक्ष निरज खडका, रास्ट्रिय युवा संघ नगर इन्चार्ज कमल गैरे ,जिल्ला सदस्य बुद्धिमान श्रेष्ठ ,रामचन्द्र भण्डारी,रमेश शर्मा र राज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।