ट्रेन्डीङ्ग

धनगढीमा लागु औषध सहित २ पक्राउ

पुष ७ धनगढी। कैलालीको धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् ।

गएराति धनगढी उपमहानगरपालका-३ स्थित ट्राफिक चोकबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले १ वटा ट्यावलेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal