
मंसिर २७ नवलपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले विद्यार्थी जागरण अभियान संचालन गरेको छ। गण्डकी प्रदेशको विद्यार्थी जागरण अभियानको उद्घाटनसँगै उक्त संगठन सांगठनिक अभियानमा होमिएको हो।
जिल्लाको कावासोती नगरपालीका अन्तर्गतका विभिन्न कलेज तथा विद्यालयमा संगठन निर्माणमा विद्यार्थी नेता, कार्यकर्ता जुटिरहेको र अभियानलाई जिल्लाभर उत्साहजनक रुपमा लैजाने उक्त संगठनले जनाएको छ। जनमतसंग्रह र वैज्ञानिक समाजवादी शिक्षालाई केन्द्रविन्दुमा राख्दै वर्तमान संसदीय व्यवस्थाको विकृत रुप र यसले शिक्षामा पार्ने असर बारे विद्यार्थीलाई प्रशिक्षित गर्दै संगठनमा जोड्ने नीति तय गरिएको बुझिएको छ। आजमात्रै अन्जु सुनारको नेतृत्वमा ११ सदस्यीय र पुजा चौधरीको नेतृत्वमा ९ सदस्यीय मूल एकाई कमिटी गठन गरेको अखिल (क्रान्तिकारी), नवलपुर जिल्ला संगठनले जनाएको छ।
लुम्बिनी क्षेत्रीय समन्वय समितिमा रहेको उक्त जिल्ला हालभने गण्डकी प्रदेशको संरचनामा गएको छ।