
२६ मंसिर,रोल्पा । विप्लप निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी रोल्पाले बाल कल्यायण नमुना मविको प्रधानाध्यापक र लेखा कार्यकक्षमा ताला लगाएको छ ।
लिबाङमा रहेको बाल कल्याण नमुना माध्यमिक विद्यालयले शिक्षा नियमावाली बिपरीत काम गरेको भन्दै ताला लगाएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ । त्याग,समर्पण,बिरता,जेल,हिरासत, यातानाको श्रृखला पार गर्दै शहिदहरुको बलिदानबाट स्थापित महान तथा गौरबशाली सगंठन अखिल क्रान्तिकारी नेपालको बिद्यामान शैक्षिक बिकृति, भ्रष्टाचार कमिसनखोर शैक्षिक माफिया चर्को शुल्क वृद्धि लगाएतका तमाम बिकृतिका बिरुद्ध सघर्ष गर्दै बैज्ञानिक समाजबादी शिक्षा प्रणालीका लागि वकालत गर्दै आइरहेको बिज्ञप्तीमा जनाएको छ । शिक्षा नियमावाली ऐन अनुसार माध्यमिक सम्म निशुल्क भनिएता पनि कक्षा १० मा पढ्ने विध्यार्थीहरुलाइ भर्ना फि २५ सय लिएको छ,अग्रेजि र नेपालि भाषा माध्यमबाट पठन पाठन गराइ शिक्षामा बिभेद सृजना गरिएको, आफ्ना शिक्षकहरुलाइ पाटीका कार्यक्रममा पठाउने र सामाजिक सञ्जालभरी पाटीको गतिबिधि मात्र प्रचार प्रसार गर्ने लगाइयतको पाइएको अध्यक्ष हरी बहादुर वलीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । पाटिले पटक पटक सच्याउन ध्यान आकर्षण गरिएपनि विद्यालय प्रशासन र शिक्षासगं सम्बन्धित निकाएहरु मुखदर्शक मात्र बनिरहेपछि आप्नो पाटिले विद्यालयको लेखा तथा प्रशानिक कार्यकक्षमा मात्रै अनिश्चीत कालिन तालाबन्दी गरेको बिज्ञप्ती मार्फत उल्लेख गरेको छ । यी विषयहरुलाई अझैपनि वेवास्था गरेको खण्डमा यो भन्दा उच्च स्थतरको संघर्ष गर्न बाध्य हुने विज्ञप्तीमा जनाइएको छ ।