
मंसिर २२,गणेश एसके,धनगढी।नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जन पत्रकार संगठन नेपाल सुदुर पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी(महान)ले एकीकृत जनक्रान्ति को लक्ष्यमा जनपत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै संगठनलाई अझ बलियो र सुदृढ बनाउन सुझाव दिएका छन् । उनले भने पार्टीको विचार दृष्टिकोण र कार्यदिशालाई पत्रकारिताका माध्यमबाट जनता माझ लगेर समाजवादी जनमत निर्माण गरी वैज्ञानिक समाजवाद स्थापनाका लाई एतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।
बैठकले मुख्यगरी आगामी माघ ११,१२ र १३ गते बुटवलमा हुने संगठनको चौथो राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न घनीभूत रूपले तयारीमा जुट्न सबै जिल्लाहरूलाई निर्दिष्ट गरेको छ । प्रदेसभित्रका बाँकी रहेका जिल्लाहरूमा भेला र सम्मेलन गरी सक्ने,पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसंगतीका विरुद्ध सशक्त रुपमा संघर्ष गर्ने,प्रदेश मन्त्रालय,जिल्ला पत्रकार महासंघमा ज्ञापन पत्र बुझाउने लगायतका निर्णयहरु गरेको छ ।
पार्टी केन्द्रिय सदस्य महानको प्रमुख आतिथ्यतामा र अतिथि विशेष कमिटी सदस्यहरु विमल धामी र विनोद विष्ट र प्रदेश अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा र प्रदेश सदस्यहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो।