ट्रेन्डीङ्ग

नेकपा नेता बिरजंगको सम्झना फाल्गुन १-४ गते बिरजंग स्मृति कप हुने

मुक्ति गैरे,मंसिर १३,काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ आठाैं पुर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ। आइतबारदेखि काठमाडौंमा शुरु भएको बैठक अाज सम्पन्न भएको हो।

बैठक नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द”बिरजंग”काे सम्झनामा”बिरजंग स्मृति कप-२०७८”फागुन १-४ गते काठमाडौंमा संचालन गर्ने निर्णय गरेको छ।

यस्तै उहाँको सम्झनामा देशैभर बिरजंग स्मृति कप संचालन गर्ने निर्णय गरेको छ । बैठकले सात वटै प्रदेशमा नेपाल गणतान्त्रिक खेलकुद महासंघ प्रदेश सम्मेलन गर्ने,७७ वटै जिल्लाहरुमा समिति अनिवार्य विस्तार गर्ने,खेलकुद भित्र रहेको विकृतिको विरुद्ध संघर्ष गर्ने,फागुन १ गते मुखपत्र”वैज्ञानिक खेलकुद”नामक विमाेचन गर्ने,अन्तरक्रिया गर्ने लगायतका निर्णय गरेको छ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा “प्रकाण्ड”ले जनमत संग्रहकाे पक्षमा रचनात्मक काम मार्फत वैज्ञानिक समाजवाद व्यवस्थाकाे निम्ति युवाहरूको महत्त्वपूर्ण भुमिका हुनुपर्नेमा जाेड दिनु भयो । वैज्ञानिक समाजवादले सबै कुरा हल गर्ने जिकिर गर्नु भयो । खेलकुद क्षेत्रमा दलाल सरकारले वेवास्ता गरेको कारणले नेपाल खेलकुद क्षेत्र कमजोर भएको बताउनुभयो । खेलकुद स्वस्थ्यका खेलकुद राष्ट्रकाे गहना हुदाहुदै पनि वेवास्ता गरिनु गैरजिम्मेवार भएको बताउनु भयो । गैरजिम्मेवार भएको कारणले खेलाडी पलायन भएको समेत जिकिर गर्नु भयो।

यस्तै बैठकमा फ्याक्सन ईन्चार्ज चिरन पुन”मिलन”काे सहभागीता थियोे भने बैठक गणतान्त्रिक खेलकुद महासंघका जयन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विनोद चन्दले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?