ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)बर्दियाले सुरु गर्यो विद्यार्थी जागरण अभियान

रमेश प्याकुरेल बर्दिया,१३ मंसिर,बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ सङ्गठनले अभियान देशैभरी अभियान चलाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ, सोही रणनीति सहित नेकपाले आफ्ना कामकारवाही अगाडि बढाएको छ । सोही जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध सशक्त आन्दोलन अघि बढाउन अखिल क्रान्तिकारी) बर्दियाले सङ्गठन अभियान सुरु गरेको छ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल, अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला उपाध्यक्ष बलराम भण्डारी उपस्थितिमा भएको हो । नेपाल राष्ट्रिय नमुना मा बि ढोडरिमा सिटिईभिटि संकाय तर्फ मयराम न्यौपाने को अध्यक्षतामा ३७ सदस्यीय मुल इकाई कमिटी समेत गठन गरेको हरि प्याकुरेलले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?