
मंसिर ८,कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले आठौ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रमका बीच मनाएको छ । नेकपाले दिउँसो जिल्ला भरीका नेताकार्यकर्ता को उपस्थितिमा पार्टी कार्यालय महेन्द्रनगरमा मैनबत्ती बाली , अबिर लगाएर पार्टी पुनर्गठन दिवस को उपलक्ष्यमा एक अर्का बीच सुभकामना आदानप्रदान गरका थिए ।
सोही नेताकार्यकर्ता सहितको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा पुर जिल्ला इन्चार्ज महान चौधरीले प्रचण्ड,बाबुराम जस्ता गद्दारहरुले आमनेपाली जनता माथि विश्वासघात र धोका दिए पछि जन्मिएको हाम्रो पार्टी विगत आठ वर्ष यता जनतामा लोकप्रिय र स्थापित भएको बताएका छन् । हामीले विभिन्न आरोह अवरोहका बीच नयाँ संश्लेषण सहित नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति तय गरी विद्यमान अवस्थाको हाम्रो देशको दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्स गर्दै आएका छौं । हामी अहिले नै पद र स्वार्थका यही संसदीय व्यवस्थामा जाने वा कसैसँग पार्टी एकता कदापि गर्दैनौ । जसरी अहिले माके निकट ले पार्टी एकताको नाममा भ्रम छर्न खोजेका छन् त्यो गलत रहेको उहाँको टिप्पणी थियो भने अबका दिनहरूमा समाजवादी आन्दोलनलाई झन् सशक्त बनाएर लग्ने कुरा राख्दै सबैलाई सुभकामना दिएका छन् । साधारण शाखा सेक्रेटरी कमल विकले पनि सुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला सचिव तथा कार्यक्रमका अध्यक्ष रमेश परियारले आगामी दिनमा पार्टी नेतृत्वको जिम्मेवारी लाई उच्च गरिमामा राख्ने कुरा सहित सुभकामना दिँदै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम युवा संगठन केन्द्रिय सदस्य जिल्ला सचिब भुवन कुंवरले सञ्चालन गरेका थिए ।
साँझ जिल्ला को मुख्य शहर महेन्द्रनगर सहित सबै पार्टी नगर समितिले द्वीप प्रज्वलन गरी पुनर्गठन दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।