
रामु भुसाल,नवलपरासी ,मंसिर ६ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानिय पाठ्रयक्रम हाम्रो बर्दघाट नगरपालिका भित्र संचालित सम्पुर्ण सामुदायिक तथा संस्थागत बिध्यालयहरुको प्राथिमिक तह र आधारभुत तहमा स्थानिय विषय अध्यापन गर्ने शिक्षकहरुका लागी २ दिने स्थानिय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
नगरपालिका भित्रका ३७ सामुदायिक र मदरसा मध्ये ३३ र २७ निजि तथा मन्टेश्वरी मध्यृ २३ बिध्यालयका शिक्षकहरुका लागी सो अभिमुखीकरण कार्यक्रम गरेको हो ।
३ चरणमा आयोजना हुने अभिमुखिकरण कार्यक्रममा दोस्रो चरण अन्तर्गत संस्थागत बिध्यालय सबै र वार्ड नंं २ अन्तर्गतका सबै सामुदायिक विध्यालयका एक एक जना बिषय शिक्षकहरुलाई सो अभिमुखिकरण गरिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ईन्द्र बहादुर कुवरले जानकारी दिनु भएको छ। दोस्रो सत्रको कार्यक्रममा २४ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको नगर शिक्षा अधिकृत गोविन्द शर्माले बताउनु भयो । सो कार्यक्रममा पाठ्यक्रम अन्तर्गत सिकाई तथा अध्यापन गराउनका लागी शिक्षा शाखाका प्रमुख ईन्द्र बहादुर कुवर शिक्षा शाखा अधिकृत गोविन्द शर्मा , शिक्षा प्राविधिक सहायक धनपति पौडेल ले सहजिकरण गर्नुभएको छ । तेस्रो सत्रको कार्यक्रम ७र ८ गते सञ्चालन हुने शिक्षा शाखाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने व्यवस्था गरेको पाठ्यक्रममा नगरपालिकाको भौगोलिक, ऐतिहासिक परिचय र नगरपालिकाको संरचना तथा सेवा सुविधाहरु, स्थानीय वातावरणमा पाईने वनस्पति, जडिबुटी, पशुपंक्षीहरु,प्रदुषण, फोहोरमैला व्यवस्थापन, उर्जा, खनिज, जलवायु परिवर्तन, यस क्षेत्रमा रहेका नदीनाला, तालकुण्ड, पहाड र खनिज पदार्थ, स्थानीय क्षेत्रमा हुन सक्ने भुकम्प, बाढी, पहिरो, आगजनी, चट्याङ्, हुरी, बतास र दुर्घटना, स्थानीय स्तरमा प्रचलित भाषा, चाडपर्व, मेलाजात्रा, धर्मसंस्कृति, रीतिरिवाज, भेषभूषा, जातजाति, परम्परागत सामग्री पुस्तकमा समेटिएको छ ।
यस क्षेत्रमा रहेका मठ मन्दिर, गुम्बा, चर्च, मस्जिद तथा अन्य धार्मिक सम्पदाहरु, स्थानीय सामाजिक मू्रल्यमान्यता, संस्कार र सकरात्मक व्यवहार, स्थानीय क्षेत्रमा प्रचलित परम्परागत पेशा, व्यवसाय, उद्योगधन्दा तथा आयआर्जनका क्रियाकलापहरु पशुपालन, खेतीपाती, जडीबुटि खेती, हस्तकला, होटल व्यवसाय, उद्योग पर्यटन, स्थानीय क्षेत्रमा परम्परागत रुपमा खेलिने खेल, योग व्यायामहरु र सन्तुलित भोजनसमेत पाठ्यक्रममा समावेश गरिएको छ ।
नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाई शुरु गरेको नगर शिक्षा अधिकारी ईन्द्रबहादुर कुंवरले जानकारी दिनुभयो ।