
कात्तिक २७, अर्घाखाँची।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध अर्घाखाँचीमा बिरोध प्रदर्शन गरेको छ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको विद्यार्थी जिल्ला सचीव गिरिजा खड्का बताउनु भएको छ। कार्यक्रममा जिल्ला तहका नेता कार्यकर्ता,युवा,विद्यार्थी सहित स्थानीयको उपस्थिती रहेको थियो।
बिरोध कार्यक्रमलाई जिल्ला सेक्रेटरी माहुरी र अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा सन्धिखर्क र भुमिकास्थान नगरपालिका पार्टी इन्चार्ज नवीन खड्काले सम्बोधन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी माहुरीले दलाल संसदीय व्यवस्थाले दिनप्रतिदिन जनतालाई दुख दिने गरेको हुदा यो व्यवस्था लाई खरानी बनाएर बैज्ञानिक समाजबादी व्यवस्था ल्याउन सम्पुर्ण जनता एक हुनुपर्ने र बैज्ञानिक समाजबादी व्यवस्थामा मात्र जनताले अधिकार पाउने बताउनु भएको थियो।
विद्यार्थी नेता नवीन खड्काले तत्काल पेट्रोलियम पदार्थमा बडाएको मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने बताउदै पार्टीले गरेको नेपाल बन्द लगायतका संघर्षमा साथ सहयोग र समर्थन गरि आन्दोलनमा लाग्न सम्पुर्ण सचेत नागरिकलाई अनुरोध गर्नु भएको थियो।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्, दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद , ३० गतेको नेपाल बन्द सफल पारौँ लगायतका नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको बुझिएको छ।
मूल्यवृद्धि बिरुद्ध उक्त पार्टिले देशब्यापी बिरोधका कार्यक्रम घोषणा गरेको छ।